खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ खेलकुद संघको तत्त्वावधानमा आयोजित प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङ च्याम्पियन बन्यो। चानमारी खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा युनाइटेड दार्जीलिङले दार्जीलिङ पुलिसविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रवीण सुब्बाले ७७औं मिनटमा गोल गरे। अन्य एउटा गोल आत्मघाती (निशाकर राई, तेस्रो मिनट) रह्यो। यसरी दार्जीलिङ पुलिसको तर्फबाट करण थापाले २८औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः युनाइटेड फूटबल क्लब दार्जीलिङ
रनरअप्ः दार्जीलिङ पुलिस
प्लेयर अव् द म्याचः प्रवीण सुब्बा (युनाइटेड एफसी दार्जीलिङ)
हाईएस्ट स्कोररः नोरजांग लेप्चा (युनाइटेड एफसी दार्जीलिङ)

बेस्ट गोलकीपरः विनय सरकार (गढ़वाल राईफल्स)
प्लेयर अव् द टुर्नामेण्टः वांगचुक तामाङ (दार्जीलिङ पुलिस)
बेस्ट कोचः दिनकर छेत्री (केएफसी)
मोस्ट प्रमिसिंग टीमः हिल्स फूटबल एकाडमी (कोचः नगेन तामाङ)