नवौ चरणको सफाई अभियान सफलतापूर्वक सम्पन्न

IMG-20250202-WA0324

गोरुबथान: स्वच्छ समाज स्वच्छ वातावरण आफ्नो गाँऊ आफै बनाऊ भन्ने उक्तिलाई आत्मसात गर्दै आज माइपाते “थापसङ गैर-सरकारी संस्था” द्वारा शुरू गरेको सफाई अभियानको नवौ चरणको सफाई आज समपन्न भएको छ। यस अभियानमा गाँऊको मुख्य सड़कको दुबै किनारा अनि नाली झोड़ाहरूको राम्रोसित सफाई गरियो।

आज पनि स्थानीय जागरूक युवाहरूले जोश जाँगरको साथ सफाई अभियानमा सहभागिता जनाए। आज लगभग एक किलोमिटर दुरीको सफाई गर्न सफल बनेका छौ। रहल रहेका अरू जग्गामा अर्को सफाई अभियानमा सफा गर्ने सोच रहेको छ।

आजको यस सफाई कार्यक्रममा संस्थाको पक्ष बाट बिकाश चामलिङ राई, हेमन्त राई, सुशन गुरुङ, बिपन सुब्बा, अनमोल छेत्री, रजल गिरी, बिरू गिरी, प्रकाश गिरी, रिवज राई अनी प्रज्वल राईले सहभागी जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement