गान्तोक: पश्चिम जिल्लाको खेचीपेरी सिमसारलाई आधिकारिक रूपमा राज्यको पहिलो सिमसार स्थलको घोषणा गरिएको छ, जुन विश्वव्यापी सिमसार संरक्षणमा एक महत्वपूर्ण मान्यता हो। विश्व सिमसार दिवसको पूर्वसन्ध्यामा वन तथा जलवायु परिवर्तन मन्त्रालयले यो घोषणा गरेको हो। जसले सिक्किमको अद्वितीय पर्यावरण सम्पदाको संरक्षण गर्ने प्रतिबद्धतालाई जोड दिएको राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले खुशी प्रकट गरेकाछन्। उक्त घोषणाप्रति मुख्यमन्त्री प्रेमसिंह तामाङले यो घोषणालाई राज्यको लागि उल्लेखनीय उपलब्धिको रूपमा वर्णन गरेका छन्। जसले सिमसार संरक्षण मार्फत जलवायु परिवर्तन न्यूनीकरणमा सिक्किमको प्रयासहरूमा विश्वव्यापी ध्यान आकर्षित गराएको उनले आफ्नो सामाजिक सञ्जाल अर्थात फेसबुक पेजमा उल्लेख गरेका छन्। लगभग १,७०० मिटरको उचाइमा अवस्थित, खिचेपेरी मिसारको पर्यावरणीय महत्व र सांस्कृतिक महत्वको लागि प्रसिद्ध छ। सिमसार मान्यताले निरन्तर संरक्षणको प्रयासहरूलाई बढाउने र यस क्षेत्रमा दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने मदत गरेको उल्लेख गरेको छ। यसले सिमसारको दीर्घकालीन संरक्षण सुनिश्चित गर्ने बताएको छ।

यस क्षेत्रको समावेश भएसँगै भारतको कुल सिमसार स्थलहरूको संख्या अब ८९ पुगेको छ। मुख्यमन्त्रीले जानकारी गराएअनुसार यो उपलब्धि सिक्किमको लागि गर्वको क्षण हो र जैविक विविधता संरक्षण र जलवायु परिवर्तनमा भारतको प्रतिबद्धतालाई बलियो बनाउन सक्नेछ।