विकास बस्नेत र योगन तामाङ एनडीए-को बैठकमा

IMG-20250202-WA0329

गान्तोक: एसकेएम पार्टीका अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रवक्ताद्वय विकास बस्नेत र योगेन तामाङले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनको महत्वपूर्ण बैठकमा सहभागिता जनाएका छन्। केन्द्रीय वित्तमन्त्री निर्मला सितारमणसँग राजनीतिक दलहरूको बैठक संसद भवनको लोकसभा सचिवालय एनेक्स भवनमा सम्पन्न भएको थियो। बैठकमा केन्द्रीय बजेट २०२५-२६ को मुख्य पक्षहरूमा छलफल गरियो। जसले देशभरि समावेशी वृद्धि र आर्थिक सशक्तिकरणलाई अघि बढाउने लक्ष्य राखेको उल्लेख गरेको छ। बैठकमा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल, भारत सरकारका मुख्य आर्थिक सल्लाहकार भी अनन्त नागेश्वरन र बीजेपी मिडिया सेलका राष्ट्रिय प्रभारी अनिल बालुनी उपस्थित थिए। छलफलको क्रममा देशभरिका विभिन्न राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) घटक दलका प्रवक्ताहरुको पनि सहभागिता रहेको थियो। बैठकको मुख्य उद्देश्य प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना अनुसार २०४७ सम्ममा विकसित भारतको परिकल्पनामाथि चर्चा गरिएको थियो। वित्त मन्त्री सीतारमनले एनडीए प्रवक्ताहरूलाई बजेटको समावेशी पहलहरूलाई प्रभावकारी रूपमा सञ्चार गर्न आग्रह गरिन्। यसले समाजका सबै वर्गहरूको समग्र विकासमा देशभरिका नागरिकहरूलाई केन्द्रित गरेको उल्लेख गरिन्। छलफलको क्रममा सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव एवं एसकेएम पार्टीका प्रवक्ता विकास बस्नेतले ५ लाख महिला र अनुसूचित जातिलाई समर्थन गर्न बनाइएको नयाँ बजेट योजनाबारेमा जानकारी लिए। उनले यस पहलले सिक्किमका जनजाति महिलाहरूलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने प्रश्न्न तेर्साए। वित्तमन्त्री सीतारमनले प्रतिक्रिया दिँदै यो योजनाले सिक्किम जस्ता राज्यको महिलाहरूलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्ने बताइन्। सीमावर्ती क्षेत्रमा उद्यमशीलता बढाउँदै यसले दिगो जीविकोपार्जन र समग्र विकासमा योगदान पुर्याेउने उल्लेख गरिन्। योजनाले सिक्किमका जनजाति महिलाहरूका लागि परिवर्तनकारी सम्भावना राखेको उल्लेख गरिन्। सोही प्रकारले मुख्यमन्त्रीका प्रेस सचिव तथा एसकेएम पार्टीका प्रवक्ता योगेन तामाङले स्टार्टअप र उद्यमशीलताका लागि वैकल्पिक लगानी कोषको महत्त्वको उल्लेख गरे। उनले सिक्किमको उद्यमशीलतामा यसको प्रभावबारेमा पनि जानकारी लिएका थिए। जवाफमा, वित्तमन्त्रीले स्टार्टअपहरूका लागि दस हजार करोड रूपियाँको तयारी रहेको जानकारी गराइन्। योजनाले सिक्किमजस्तो राज्यलाई भरपूर मदत पुग्ने दाबी गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement