सोरेङमा बक्सिङ र व्याडमिन्टन प्रशिक्षण शिविरको समापन

IMG-20250202-WA0328

गान्तोक: सिक्किम सरकारको खेलकूद एवम युवा मामिला विभागको पहलमा आयोजित शितकालिन बक्सिङ र व्याडमिन्टन शिविरको आज समापन भयो। सोरेङ जिल्लाको जौटारस्थित जिम्नेजियम हलमा गत १७ जनवरीदेखि शुरू भएको बक्सिङ र व्याडमिन्टन प्रशिक्षण शिविरको आज समापन भएको हो। समापन कार्यक्रममा मुख्य अतिथिकोरूपमा उपस्थित अधिकारी सनी खरेलले सरकारको विभिन्न कार्ययोजनाहरुबारे जानकारी गराए। खेलकूद एवं युवा मामिला विभागकी उपनिर्देशक ममिता गुरूङले स्वागत सम्बोधन राखेको कार्यक्रममा मुख्य अतिथि महकुमा अधिकारी खरेलले मानव जीवनमा खेलकूदको महत्त्वमाथि प्रकाश पारे। ब्याडमिन्टन र बक्सिङ दुवैका प्रशिक्षार्थीहरूले कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गरे।

कार्यक्रमले शिविरको उद्देश्य र उपलब्धिहरूमाथि जोड दिएको थियो। जसले स्थानीय प्रतिभाषशाली बक्सिङ र ब्याडमिन्टन खेलाड़ीहरुको लागि एक मञ्च प्रदान गरेको जानकारी गराए। यस अवसरमा प्रत्येक प्रशिक्षणार्थीहरूलाई टी-शर्ट पनि उपहार प्रदान गरेका थिए। बक्सिङका लागि आशा प्रधान, हिमसायमी सुब्बा र ब्याडमिन्टनका लागि यशस्वी भण्डारी र रिन्चेन लाडुप लेप्चालाई उपकरण प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement