खरसाङ: खरसाङ महाविद्यालयको मुख्यद्वार अघि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको २८ नम्बर समष्टि खरसाङ चिमनी देउराली समष्टिका सभासद श्याम शेर्पाद्वारा सभासद फण्डबाट श्री श्री सरस्वती माताकोे प्रतिमा स्थापना गर्न सहयोग गरेका छन्। उक्त सरस्वती माताको प्रतिमा खरसाङ महाविद्यालयको मूल गेट अघि राखेर स्थापना गरेर विधिपूर्वक प्राण प्रतिष्ठान गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै सभासद श्याम शेर्पाले खरसाङ महाविद्यालयको मूल गेट अघि सरस्वती माताको प्रतिमा स्थापना गरिनुको मुख्य उद्देश्य सरस्वती मातालाई विद्याकी देवी मानिन्छ। त्यसैले माता सरस्वतीले खरसाङ महाविद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई ज्ञान बुद्धि प्रदान गरुन् र सबैलाई माता सरस्वतीले ज्ञान बुद्धि प्रदान गरेका हुन् भनी बताएका छन्।