कोलकाता फुल म्याराथन २०२५ मा प्रोजेक्ट लाइफका महिला धावकहरूको दबदबा

IMG-20250202-WA0304

सोनादा: प्रोजेक्ट लाइफका महिला धावकहरूले कोलकाता फुल म्याराथन २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै ४२.२ किमी फुल म्याराथन र २१.१ किमी हाफ म्याराथन दुवै प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका छन्। एनईबी स्पोर्ट्सद्वारा आयोजित र अपोलो टायर्सद्वारा प्रायोजित यो प्रतियोगिता युवा भारती क्रीडाकंन (सल्ट लेक स्टेडियम), कोलकातामा सम्पन्न भएको थियो। सिक्किमकी म्याराथन गर्ल” भनेर परिचित आशा फुर्बा तामाङले महिला खुल्ला वर्गमा फुल म्याराथन (४२.२ किमी) जित्दै ३ घण्टा २८ मिनट २६ सेकेण्डमा दौड पूरा गरिन्।
चिमनी, खरसाङ निवासी अलिना गोपेर्माले ३५ देखि ५० वर्ष उमेर समूह महिला वर्गमा हाफ म्याराथन (२१.१ किमी) जित्दै १ घण्टा ५३ मिनट ४ सेकेण्डमा दौड पूरा गरिन्।
प्रोजेक्ट लाइफका संयोजक बिक्रम थापाले भने, “यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रा महिला धावकहरूले जित हात पार्नु दार्जिलिङ र सिक्किमका सम्पूर्ण जनताका लागि गर्वको विषय हो। उनीहरूको निरन्तर मेहनत र समर्पण हाम्रो दौड समुदायलाई अझ प्रेरित गरिरहेको छ।”
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै प्रोजेक्ट लाइफ ले स्वस्थ, सक्षम, र फिट समाज निर्माण गर्ने आफ्नो लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement