इम्फाल(मणिपुर): इम्फाल वेस्ट जिल्लाको पटसोई थाना क्षेत्र अन्तर्गत खुम्बोंग बजारबाट सुरक्षा बलले नेशनल रिभोल्यूशनरी फ्रण्ट अफ मणिपुर (एनआरएफएम)- का एकजना सक्रिय क्याडरलाई पक्राउ गरेको छ।मैत्रम सोमोरजीत सिंह उपनाम पिबारेल उपनाम टाचौ उपनाम इबाई (५०)-बाट एउटा पेस्तोल (.३२) र एउटा म्यागजीन, दुई राउण्ड (७.६२ मिमी), पाँचवटा मोबाइल ह्याण्डसेट, एउटा प्यान कार्ड, एउटा भोटर कार्ड, एउटा ड्राइभिंग लाइसेन्स औ आठ हजार रुपियाँ नगद सहित एउटा वालेट जफ्त गरिएको छ।