जलपाईगुडी: प्रेस क्लब जलपाइगडीमा सरस्वती पुजा भव्य रूपमा आयोजना गरिएको छ। पूजा पण्डालमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। आज साँझ हुने कार्यक्रममा जिल्लाका उच्चपदस्थ प्रशासनिक अधिकारीहरू, सेवानिवृत्त सैन्य अधिकारीहरू, बंगलादेश मुक्ति सेनाका सदस्यहरू र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित हुनेछन्। त्यसैले सुरक्षा व्यवस्था कडा पारिएको छ।










