दमकमा बन्दकर्ता र प्रहरी बिच झड़पमा ८ जना पक्राउ

IMG-20250202-WA0265

दमक: झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ। आज (आइतवार)दिउँसो १ः१५ बजेदेखि दमक-६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा करिब सय जनाको उपस्थितिमा सडकको बिच भागमा टायर बाली अवरोध गर्न खोजेका थिए। 
सोहीक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार थिए। ढुंगा प्रहारबाट मे १ च ५१६१ नं को स्कोरपियोसहित केही सवारी साधनमा क्षति पुगेको छ। झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३ सेल अश्रुग्यास प्रहार गरेको छ भने केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ। त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो।
हाल सवारी साधनहरु बैकल्पिक बाटोबाट आवातजावत गरिरहेको जनाइएको छ। यातायात अवरुद्ध पार्न खोज्दा अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि बिहान आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको थियो।
दमकबाट अहिलेसम्म ७ जना बन्दकर्ता पक्राउ परेका छन्। पदम बेघा, धनकुमार योङहाङ, शुक्रवीर लिम्बू, आदित्य फियाक, प्रकाश लावुङ, सन्देश लिम्बू र नाम्साङ लिम्बू पक्राउ परेको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement