गोरुबथान रनर्स एथलेटिक एसोसिएसनको तत्वावधानमा रोड रेस समपन्न

IMG-20250202-WA0176

गोरुबथान: माल बस्ती खेल मैदानमा आज गोरुबथान रनर्स एथलेटिक एसोसिएसनको तत्वावधानमा रोड रेस समपन्न भएको छ। विभिन्न ठाउँहरुबाट धावकहरुको उपस्थिति रहेको थियो। मालबस्ती खेल मैदानबाट शुरु भएर सोमबारे बजार हुँदै सेरमाली र अम्बियोकको नजिकसम्म पुगेर फेरि फर्केर माल बस्ती खेल मैदान समापन स्थान रहेको थियो। गोरुबथान ४३ नम्बर समष्टि सभासद रतन थापा मुख्य अतिथी थिए। अन्य सम्माननीय व्यक्तिहरु अतिथीको रुपमा उपस्थित रहेका थिए। १० किलोमिटर र ५ किलोमिटरको रनमा धेरै धावकहरुले भाग लिएका थिए। प्रथम द्वितिय र तृतिय हुने धावकहरुलाई आयोजक कमिटीको तर्फबाट पारितोषिक वितरण गरियो।अन्य धावकहरुलाई मेडल लगाइदिएर सम्मान जनाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement