चौंथो सिलगढी जिमखाना क्लब प्राइज मनि सब-जुनियर र जुनियर ब्याडमिन्टन प्रतियोगिता

WhatsApp-Image-2025-02-01-at-18.41.21

सिलगढी: खेलकोउच्च खेल भावनाका साथ शुरु भएको चौंथो सिलगढी जिमखाना क्लब प्राइज मनि सब-जुनियर र जुनियर ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन सगरमाथा आरोही तथा दार्जीलिङ जिमखाना क्लबका अध्यक्ष जाम्लिङ तेन्जिङले गरे। यस अवसरमा ८२ वर्षीय खेलप्रेमी अवकाशप्राप्त कर्णेल कुञ्जो छिरिङलाई सिलगढी जिमखाना क्लबले सम्मान जनाएको थियो। प्रतियोगितामा विभिन्न प्रतिष्ठित खेल प्रतिष्ठानहरू रामकृष्ण बायन शिक्षा संघ (सिलगढी), यूथ शटलर्स (दार्जिलिङ), स्म्यासर ब्याडमिन्टन एकाडेमी, दार्जीलिङ स्पोर्ट्स एकाडेमी, अर्पण एक्टिभिटी एकाडेमी (सिलगढी), नर्थ रेलवे इन्स्टिच्युट (सिलगढी), डन बोस्को स्कूल, जी डी गोयन्का (सिलगढी) र म्याच प्वाइन्ट ब्याडमिन्टन एकाडेमी (सिलगढी) बाट ६० भन्दा बढी खेलाडीहरूले प्रतिनिधित्व गरिरहेका छन्।

जाम्लिङ तेन्जिङले खेलाडीहरूमा उर्जा सञ्चार गर्दै भने, ‘खेल भनेको शरीरलाई सक्रिय राख्ने मात्र नभएर नराम्रा बानीहरूबाट टाढा राख्ने उत्तम माध्यम हो।‘ यसैबीच, सिलगढी जिमखाना क्लबका संस्थापक रोशनकान्त घिसिङले चार वर्षदेखि यो प्रतियोगिता निरन्तर चलिरहेको बताउँदै २५,००० रुपियाँ पुरस्कार राशि घोषणा गरे। यसका साथै आउँदो वर्ष पुरस्कार राशिलाई एक १ लाख रुपियाँ पुर्‍याउने, अनि नेपाल, भुटान तथा उत्तरपूर्वी भारतका खेलाडीहरूलाई आमन्त्रण गर्ने लक्ष्य राखिएको उनले बताए। उनले खेलकुदप्रेमीहरूलाई खेलाडीहरूको जोश र लगनशिलतालाई समर्थन गर्न अनुरोध गरे।

१ फरवरीको खेल परिणामहरू:

✔ १५ वर्ष मुनिका केटाहरूको स्पर्धामा युएसडी दार्जीलिङका रिहान बट सेमिफाइनलमा पुगेका छन्, जसमा टीमको प्रतिस्पर्धा आरबीएसएस, सिलगढीका दक्ष हल्दारसँग हुनेछ।

✔ ११ मुनिका केटाहरूको स्पर्धामा वाङ्देन तामाङ (एसबीसी, सिलगढी) ले केन्सल भुटिया (वाईएसडी, दार्जीलिङ) को सामना गर्नेछन्।

✔ १३ वर्ष मुनिका केटीहरूको स्पर्धामा मेघाश्री दे (एनआरआई, सिलगढी) ले आफ्नै एकाडेमीका साथी आयुषी गुप्तासँग सेमिफाइनल खेल्नेछिन्।

✔ १३ वर्ष मुनिका केटीहरूको अर्को खेलमा अनन्या कालिकोटे (एसबीसी, सिलगढी) ले शगुन गुप्ता (एनआरआई, सिलगढी) विरुद्ध प्रतिस्पर्धा गर्नेछिन्।

✔ १३ वर्ष मुनिका केटाहरूको शीर्ष स्थानका खेलाडी रुद्र बानिक (आरबीएसएस, सिलगढी) ले आर्येश बसु (जी डी गोयन्का स्कूल) को सामना गर्नेछन्।

✔ अर्को सेमिफाइनल खेलमा अनन्त छेत्री (केबीए, खरसाङ) ले प्रायन स्वरज्ञानन्द (बीएसए, सिलगढी) विरुद्ध खेल्नेछन्।

सेमिफाइनल खेलहरू बिहान ९:३० बजेबाट शुरु हुनेछ भने फाइनल खेलहरू दिउँसो १:०० बजेबाट खेलिनेछ। खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक हुने भएकाले सम्पूर्ण खेलप्रेमीहरूलाई खेल हेर्नका लागि स्वागत जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement