आगलागीको घटनामा दुई दाजु भाईको घर जलेर स्वाहा

IMG-20250201-WA0213

मालदा: मालदाको हरिश्चन्द्रपुरमा आगलागी हुँदा दुई दाजुभाइको घर जलेर खरानी भएको घटनामा एक जना घाइते भएका छन्। जानकारी अनुसार शनिबार बिहान हरिश्चन्द्रपुर नम्बर एक ब्लकको कुशिदा ग्राम पञ्चायतको भगवानपुर गाउँमा अचानक आगलागी भएको थियो। आगलागीबाट जमील अली र मनावर अलीका घरहरूमा क्षति पुगेको छ। स्थानीय स्रोतका अनुसार बिजुलीको मिटरमा सर्ट सर्किट भएका कारण आगो फैलिएको थियो। घटनाको जानकारी पाउने बित्तिकै स्थानीय बासिन्दा घटनास्थलमा पुगेर आगो निभाउन थालेका थिए। यसपछि तुलसीहाटा दमकल स्टेशनलाई बोलाइयो। आगलागी भएको थाहा पाएपछि दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ। दुवै परिवारले सबै कुरा गुमाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement