पाँचौं सबैभन्दा सफल टी२०आई भारतीय ब्याटर बने हार्दिक पाण्ड्या

IMG-20250201-WA0271

पुणे: हार्दिक पाण्ड्या पूर्व ब्याटर शिखर धवनलाई पछि छोड़ेर टी२० इण्टरनेशनल प्रारूपमा भारतको निम्ति पाँचौं सर्वाधिक रन बनाउने खेलाड़ी बने। हार्दिकले शुक्रवार ईंग्ल्याण्डविरुद्ध चौथो टी२०आई म्याचको अवधि यस उपलब्धिलाई हासिल गरे। उनले म्याचमा ३० बल खेलेर ४ वटा चौका र ४ छक्काको साथ ५३ रन बनाए। हार्दिकले अहिलेसम्म ११३ वटा टी२० इण्टरनेशनल म्याचमा ५ वटा अर्द्धशतकको साथ १५१.६३-को स्ट्राईक रेट र २८.१७-को औसतले १८०३ रन बनाइसकेका छन्। उनको सर्वश्रेष्ठ स्कोर अविजित ७१ रन रहेको छ। यसरी पूर्व भारतीय ओपनर धवनले २७.९२-को औसत र १२६.३६-को स्ट्राईक रेटले ११ वटा अर्द्धशतकको साथ यस प्रारूपमा १७५९ रन बनाएका छन्। उनको सर्वश्रेष्ठ स्कोर ९२ रन रह्यो। टी२०आई-मा भारतको निम्ति सर्वाधिक रन बनाउनेहरूका सूचीमा रोहित शर्मा शीर्ष स्थानमा छन्। उनले १५९ वटा म्याचमा ५ वटा शतक र ३२ वटा अर्द्धशतकको साथ १४०.८९-को स्ट्राईक रेटले ४२३१ रन बनाएका छन्। यसरी विराट कोहलीले १२५ वटा म्याचमा ४१८८ र सूर्यकुमार यादवले ८२ वटा म्याचमा २५९६ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement