गान्तोक: सिक्किम पुलिसले साइबर ठगी विरुद्ध निर्णायक कारबाही गर्दै गूगल पे (जीपे) धोखाधड़ीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेको आरोपीको नाम शिव गुरुङ उर्फ स्टेफन गुरुङ बताइएको छ।
सदर पुलिसले सामाजिक सञ्जाल फेसबुक पोस्टमा उक्त जानकारी गराएको छ। पक्रा परेका आरोपी व्यक्तिलाई कस्टडीमा लिएर आवश्यक कानुनी प्रक्रिया शुरू गरिएको छ। पुलिसले सम्भावित सहयोगीहरू पहिचान गर्न आरोपी व्यक्तिसॅंग सोधपुछ गरिरहेको छ। सदर पुलिसले अनलाइन कारोबार गर्दा सावधानी अपनाउन र डिजिटल ठगीसँग सम्बन्धित कुनै पनि शंकास्पद गतिविधिहरू रिपोर्ट गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।










