स्कूल खुलिएको पहिलो दिनमा नै विद्यार्थीवर्गलाई किताब वितरण गरिने प्रयास : राजु बस्नेत

n650171240173843129441435b268ab651ad62863d08951d4f3bf2312403c9d7f9c0e7a2558462fcd4c0157

गान्तोक: नशा मुक्त सिक्किमको थिममा दक्षिण सिक्किमको याङगाङको क्रोनिकल ब्रदर्श स्पोर्टिङ्ग क्लबले आयोजना गरेको २२ दिने शीतकालिन फुटबल प्रशिक्षण शिविर सम्पन्न भएको छ। यो आवासीय प्रशिक्षण शिविर १६ वर्ष मुनिका फुटबल प्रतिभाहरूको निम्ति आयोजना गरिएको थियो। याङगाङ स्कूलमा आज आयोजित शिविरको समापन अवसरमा सिक्किम सरकारको शिक्षा साथै खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथिका रुपमा उपस्थित थिए।कार्यक्रममा क्षेत्र विधायक तथा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका ओएसडी कर्मा सुब्बा, जिल्ला तथा ग्राम पञ्चायत साथै सम्बन्धित अन्यको उपस्थिति रहेको थियो। २० दिने आवासीय प्रशिक्षण शिविर श्रीपताम खेल मैदानमा सम्पन्न गरिये, जसमा ५४ जना फुटबल प्रतिभाले भाग लिएका थिए। समाजमा विभिन्न प्रकारको नशा प्रयोग गर्नेहरुको सङ्ख्या बढ्दै गरेको स्थितिलाई ध्यानमा राखेर नशामुक्त समाज निर्माणको पहल अन्तर्गत फुटबल प्रशिक्षण शिविर आयोजना गरिएको बताइएको छ। फुटबल बाहेक क्रोनिकल ब्रदर्शले नशा मुक्त अभियान, स्वच्छता, पर्यावरण सुरक्षा आदिको क्षेत्रमा पनि काम गर्दै आएको छ। फुटबल प्रशिक्षण लिनेको सङ्ख्या लगातार बढीरहेको अवस्थामा क्रोनिकल ब्रदर्शले सिक्किम सरकारको खेल तथा युवा मामिला विभागका मन्त्री समक्ष याङगाङमा फुटबल एकाडेमी स्थानमा गरिदिन आग्रह गरेको छ। क्रोनिकल ब्रदर्शको पक्षबाट प्रशिक्षक निकोलस राईले नवप्रतिभा खेलाडीलाई प्रशिक्षण दिॅंदै छन्।

About Author

Advertisement