च्याखुङ बाल उद्यानमा पर्यावरणमुखी कार्यक्रम

IMG-20250201-WA0261

गान्तोक: बेटी बचाओ बेटी पढाओ अभियानको १०औं वार्षिकोत्सवको अवसरमा महिला, बाल, ज्येष्ठ नागरिक तथा अपाङ्गता कल्याण विभागले सोरेङ जिल्लाको च्याखुङस्थित बाल उद्यानमा फलफूल आदिका बिरुवारोपन गऱ्यो। यसबीच उपस्थित सरोकारवाला र विभागीय अधिकारीहरुले विरुवारोपन तथा समीक्षा कार्यक्रम पनि सम्पन्न गरेको थियो। यस पहलको उद्देश्य यसभन्दा पहिले रोपिएका बिरुवाहरूको समीक्षा र हेरचार गर्दै धेरै फलफूलका बिरुवा रोपेर हरियाली बढाउनु रहेको थियो। कार्यक्रमको एक भागको रूपमा बिरुवाहरूको देखरेख सुनिश्चित गर्न सफाई अभियान पनि सञ्चालन गरिएको थियो। सोरेङ जिल्लाको विभिन्न विभागीय कर्मचारीहरू, समाज कल्याण निरीक्षकहरू, आइसीडीएकका कर्मचारीहरू र आँगनवाडी कार्यकर्ताहरूले सक्रियरूपमा सहभागिता जनाएका थिए। उनीहरूको सामूहिक प्रयासले कार्यक्रमको सफलतामा योगदान पुर्याजउनको साथै पर्यावरण संरक्षण र दिगो अभ्यासहरूको महत्त्वलाई सुदृढ पारेको थियो। यस प्रकारको कार्यक्रमले पर्यावरणलाई बढाउने उद्देश्य मात्र नरहेर स्थानीय जैविक विविधता र पोषणलाई सहयोग पुग्ने आशा गरिएको छ। यसबीच अधिकारीहरुले फलफूल बिरुवाहरूको महत्त्वमाथि पनि जोड दिएको थियो। बालिकाहरूको सशक्तिकरण र शिक्षालाई प्रवर्द्धन गर्न शुरु गरिएको बेटी बचाओ बेटी पढाओजस्तो पहलले पर्यावरण संरक्षण गर्नमा थप सहयोग पुग्न सक्ने सम्भावना व्यक्त गरिएको छ। कार्यक्रमलाई सफल बनाउनमा योगदान पुर्यासउने विभागीय अधिकारीहरू, कर्मचारीहरू र स्वयंसेवकप्रति आयोजक समितिले कृतज्ञता प्रकट गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement