परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएको बताउँदै सिक्किम मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीलाई बधाई

WhatsApp-Image-2025-02-01-at-22.26.15

गान्तोक: यसवर्षको बजेटलाई परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएको बताउँदै सिक्किमका सर्वसाधारणको पक्षबाट मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री  नरेन्द्र मोदी र केन्द्रीय अर्थ मन्त्री निर्मला सीतारमणप्रति कृतज्ञता प्रकट गरेका छन्। आफ्नो आधिकारिक सोसल मिडिया पेजमा  मुख्यमन्त्री भनेका छन्, ‘हाम्रो राष्ट्रको आकांक्षालाई वास्तवमै प्रतिबिम्बित गर्ने परिवर्तनकारी र समावेशी बजेट प्रस्तुत गरिएकोमा सिक्किमका सर्वसाधारणको पक्षबाट म प्रधानमन्त्री  नरेन्द्र मोदी र केन्द्रीय अर्थ मन्त्री श्रीमती निर्मला सीतारमणजीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो बजेट विकसित भारतको एक महत्वपूर्ण कदम हो, जसमा जीवाईएएनमा जोड दिइएको छ। जसको उद्देश्य सीमान्तकृत समुदायको सशक्तिकरण, युवा क्षमताको पोषण र पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्नु रहेको छ। यसले मेक इन इण्डियाको अवधारणालाई पनि बलियो बनाउने उल्लेख गरेका छन्।‘ आर्थिक विकासलाई प्रोत्साहन गर्न र सामाजिक कल्याणलाई बढाउन उल्लेखित पहलहरूले राष्ट्रको प्रगतिका लागि गहिरो प्रतिबद्धता दर्शाउने मुख्यमन्त्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement