ओपन अन्तरराष्ट्रिय टुर्नामेण्टमा नाम्ची जिल्लालाई २४ पदक

IMG-20250201-WA0262

गान्तोक: राजधानीस्थित पाल्जोर स्टेडियमा आयोजित सिक्किम ओपन इन्टरनेश्नल प्रतियोगितामा नाम्ची जिल्लाले ११ वटा स्वर्ण पदक, ७ वटा रजत र ६ वटा काँस्य पदक हासिल गरेको छ। उक्त खेलमा मानविका छेत्री, श्रेया मंगर र जिग्मी भोटियाले दुई दुईवटा स्वर्ण पदक हासिल गरेका थिए भने निहाङमा राई, स्मरणीय सुब्बा, लेडिया सुब्बा र ओम गुप्ताले पनि स्वर्ण पदक हासिल गरेका थिए। सोही प्रकारले पादेन तामाङ, ज्य़ुवेल राई, मनिषा राई, प्रिति तिम्सिना, रिहान राई, जेन्सन एथर राई र आयन प्रधानले रजत पदक जितेका थिए भने काँस्य पदक विजेताहरूमा पेमाकिन छोडेन भोटिया, भेरूनिका राई, केशर कुमारी छेत्री, जेन्सन एथर राई, आर्जब लामा र अदित्य राई सामेल रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement