भारतीय सेनाले पोखरामा पूर्व सैनिकहरूका निम्ति ऱ्याली आयोजना गर्ने

IMG-20250201-WA0264

गान्तोक: भारतीय सेनाले नेपालको पोखरास्थित पेन्सन भुक्तानी कार्यालय मा आयोजित पूर्व सैनिक र्यानलीमा गोर्खा सैनिकहरूको कल्याणप्रति आफ्नो अटल प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ। यस कार्यक्रममा भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जुबिन ए. मिनवाला, सहभागी थिए। आफ्नो नेपाल भ्रमणको क्रममा सेना अधिकारीहरुले पूर्व सैनिकहरुको हरेक समस्याबारे जायजा लिएका थिए। आफ्नो भ्रमणको क्रममा लेफ्टिनेन्ट जनरल मिनवालाले नेपाली सेनाका वरिष्ठ सैन्य अधिकारीहरूसँग पनि भेट गरे। सेनालाई बलियो बनाउन आपसी सयोगका लागि उच्चस्तरीय बैठकल पनि बसेको थियो। र्याालीमा उपस्थित पूर्व सेनाकर्मीहरुले भारत-नेपाल बीचको गहिरो सम्बन्धमाथि पनि जोड दिएका थिए। लेफ्टिनेन्ट जनरल मिनवालाले गोर्खा सैनिकहरूको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्दै वीरता पुरस्कार विजेताहरू र वीर नारीहरूलाई उनीहरूको समर्पणको लागि सम्मानित गरेका थिए। भारतीय सेना र भारत सरकारको पूर्व सैनिकहरूप्रतिको प्रतिबद्धतालाई दोहोर्या।उँदै उनले गोर्खा सैनिकहरूका परिवारलाई सहयोग गर्न कल्याणकारी पहलहरू सक्रियरूपमा अघि बढाउने आश्वासन दिए। यस कार्यक्रमले पूर्व सैनिकहरूलाई भारतीय सेनाका अधिकारीहरूसँग अन्तरक्रिया गर्ने र कल्याणकारी उपायबारेमा बुझ्ने अवसर प्रदान गरेको छ। पूर्व सैनिकहरूले देखाएको न्यानोपन र उत्साहले दुई राष्ट्रहरूबीचको अटूट सौहार्दता र नेपालमा सेवानिवृत्त कर्मचारीहरूप्रति भारतीय सेनाको दृढ समर्पणलाई प्रतिबिम्बित गरेको थियो। भारतीय सेनाले ऐतिहासिक पललाई सुदृढ पार्न साथै आफ्नो पूर्व सैनिकको लागि कल्याणकारी प्रयासहरू बढाउन प्रतिबद्ध रहेको बताइएको छ। गोर्खाहरू दुई सय वर्षभन्दा बढी समयदेखि भारतीय सेनाको अभिन्न अंग रहेका छन् भने उनीहरूको निडर भावना, पराक्रम र अटल इमान्दारिता प्रसिद्ध मानिएको छ। गोर्खाहरूको लडाईं, शान्ति सेना अभियान र विद्रोह विरोधी अभियानहरूमा निर्णायक भूमिका खेलेको उल्लेख गरेको छ। गोर्खा रेजिमेन्टले पहिलो र दोस्रो विश्वयुद्धदेखि १९९९ मा कारगिलसम्मका युद्धहरूमा असाधारण बहादुरीको लागि परमवीर चक्र सहित धेरै वीरता पुरस्कारहरू प्राप्त गरेको छ। उनीहरूको युद्ध नारा, “जय महाकाली, आयो गोर्खाली” ले उनीहरूको अदम्य साहसको प्रतीक रहेको उल्लेख गरि रहने उल्लेख जारी एक प्रेस बयानमा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement