गेजिङमा गरीब जनकल्याण प्रकोष्ठको समन्वय सभा

IMG-20250201-WA0265

गान्तोक: गरीब जनकल्याण प्रकोष्ठको समन्वय सभा आज गेजिङ जिल्ला एसकेएम पार्टी कार्यालयमा सम्पन्न भयो। यस अवसरमा प्रमुख संयोजक मनोज लामा, सल्लाहकार दिपेश भण्डारी, चिकित्सा सल्लाहकार दीपा थापा र जिल्ला संयोजक अरुणदीप गुरुङको प्रमुख उपस्थितिमा बैठक आयोजना गरिएको थियो। प्रकोष्ठले भर्खरै नियुक्त गरेका नयाँ सदस्यहरूलाई स्वागत गर्दै बिरामीहरूको उचित हेरचाह र सेवा प्रदान गर्न निर्देशन दिएको छ। सदस्यहरूलाई बिरामीहरूसँग नम्र र सहयोगी स्वभावको व्यवहार गर्न आग्रह गर्दै उनीहरूले आफ्नो कर्तव्यलाई इमानदारी र जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो। यसका साथै नयाँ सदस्यहरूले गाउँघरमा पुगेर बिरामीहरूको खोजी गरी उनीहरूको उपचारको व्यवस्था गर्नुपर्ने र मासिक रिपोर्ट प्रकोष्ठको कार्यालयमा बुझाउनु पर्ने निर्देश दिएको छ। बैठकमा सहभागी भएका सदस्यहरूमा योक्सम टाशीडिङ, मानेबुङ देन्ताम, जुम सालघारी, रिन्चेबुङ, सोरेङ च्याखुङ र दरमदिन समष्टिका नवनियुक्त सदस्यहरू थिए। उनीहरूले प्रकोष्ठको उद्देश्य र कार्यप्रणालीबारे छलफल गर्दै क्षेत्र स्तरमा बिरामीहरूको पहिचान र उपचारको प्रभावकारी रणनीतिहरू तयार गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। गरीब जनकल्याण प्रकोष्ठ मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा स्थापित सङ्गठन हो, जसले समाजका गरिब, विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्यासउने र उनीहरूको उपचारमा सहयोग गर्ने मुख्य उद्देश्य राखेको जानकारी गराइयो। प्रकोष्ठले समाजका प्रत्येक सदस्यलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न, स्वास्थ्य समन्वय र जनचेतना फैलाउन लगातार काम गर्दै आएको छ। क्षेत्रीय शाखाहरूले आफ्नो दायित्वलाई अझ प्रभावकारी रूपमा सम्पन्न गर्न सकुन् भन्ने लक्ष्यका साथ आगामी दिनहरूमा सदस्यहरूको तालिम र जागरूकता कार्यक्रमहरूको आयोजना गर्ने योजना प्रकोष्ठले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement