राज्यपाल माथुरको महिला उद्यमीहरुसंग अन्तरक्रिया

IMG-20250201-WA0267

गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले आज राजस्थानको पाली जिल्ला अन्तर्गत गुम्मारका ग्रामीण महिला उद्यामी वुमेन्स प्रोड्युसर कम्पनी लिमिटेडका सदस्यहरूसँग भेट गरे। महिलाहरूले वनमा आधारित उद्यमहरूमा आफ्नो नवीन र दिगो काम मार्फत आदिवासी समुदायहरूलाई सशक्त बनाउन अग्रणी भूमिका खेलिरहेका छन्।
उक्त अवसरमा राज्यपालले जीएमपीसीका महिलाहरूसँग अन्तरक्रिया गर्दै, महिला सशक्तिकरण, जीविकोपार्जन सिर्जना र वन स्रोतहरूको संरक्षणमा प्रमुख भूमिका खेल्ने प्रयासहरूको प्रशंसा गरे। यी ग्रामीण महिलाहरूले आफ्नो सामूहिक प्रयास मार्फत गैर-काष्ठ वन उत्पादनहरू सङ्कलन गर्दै आइसक्रिम र अन्य स्वास्थ्य-बढाउने उच्च-मूल्य उत्पादनहरूमा परिणत गरी स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्यानएको राज्यपालले जानकारी गराएका छन्। राज्यपालले महिला-संचालित उद्यामीहरूलाई समाजको लागि उत्कृष्ट उदाहरण बताउँदै उनीहरूद्वारा गरिएको पहल सामाजिक-आर्थिक परिवर्तनको लागि प्रेरणाको स्रोत रहेको बताएका छन्। यस समयमा उनले सिक्किमको स्व-सहायता समूहका ग्रामीण महिलाहरूले बनाएका उत्पादनहरूको पनि उल्लेख गरे। जीएमपीसीको यो नवीन दृष्टिकोणले स्थिर आयको अवसरहरू मात्र सिर्जना नगरेर वन संरक्षणमा पनि योगदान पुर्या्उने राज्यपालले बताए। राज्यपालले सिक्किममा यस्ता सफल मोडेलहरू अपनाउन आग्रह गरेकाछन् जसले स्थानीय महिलाहरूलाई सशक्त बनाउन, जीविकोपार्जनलाई प्रवर्द्धन गर्नको निम्ति सदैव बढावा दिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement