विश्वव्यापी पर्यटन सम्बन्ध पार्न पर्यटन मन्त्रीको टोली पोर्तुगल र स्पेनको भ्रमणमा

IMG-20250201-WA0268

गान्तोक: राज्यका पर्यटन विभागीय मन्त्री छिरिङ टी. भोटियालगायत विभागका अन्य अधिकारीहरूले स्पेन र पोर्तुगलको भ्रमण गर्दै राज्यको पर्यटन क्षेत्रलाई बढावा दिनको निम्ति सम्झौता गरेका छन्। मन्त्री भोटियाको नेतृत्वमा गएको एक उच्चस्तरीय टोलीले पोर्तुगलको निम्ति भारतीय राजदूत पुनित कुन्डालसँग बैठक गरे। यस टोलीमा प्रधान सचिव सीएस राव, मुख्य अभियन्ता निरज प्रधान लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका छन्। बैठकमा पर्यटन क्षेत्रमा सिक्किमको विश्वव्यापी उपस्थिति बढाउन पर्यटन प्रवर्द्धन, लगानीका अवसरहरू र बजार व्यवस्थापनबारे रणनीति बनाउनमा केन्द्रित गरियो। बैठकलाई सम्बोधन गर्दै मन्त्री भोटियाले सिक्किमको पर्यटन सम्भावनाबारेमा उल्लेख गर्दै यसको अद्वितीय प्रस्ताव, लगानीका अवसरहरू र राज्य सरकारले घोषणा गरेका कार्यनीतिमाथि जोड दिए। सोही प्रकारले प्रमुख सचिव सीएस रावले सिक्किमको पर्यटन क्षेत्रबारेमा प्रस्तुति दिए। जसमा राज्यको शक्ति र प्रयोग नगरिएका अवसरहरू र विदेशी लगानीका क्षेत्रहरूमा प्रकाश पारे। दुवै पक्षले अन्तर्राष्ट्रिय मञ्चमा सिक्किमको पर्यटन प्रवर्द्धन र बजारीकरण बढाउने रणनीतिहरूबारे छलफल गरेको जानकारी गराइएको छ। सिक्किमको मुख्य पर्यटन स्थलहरुको रूपमा सम्भावनालाई पहिचान गर्दै, राजदूतले सिक्किमलाई १२ मार्चदेखि १६ मार्चसम्म आयोजना हुने पोर्तुगलको सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला बेटर टुरिज्म लिस्बन ट्राभल मार्केट २०२५ मा भाग लिन आमन्त्रित गरे। दूतावासले सिक्किमलाई विश्वव्यापी पर्यटकहरूलाई आफ्नो पर्यटन क्षेत्रबारे जानकारी गर्न र अन्तरक्रियालाई सहज बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement