सिपाहीधुरा निवासी सुरज तामाङ भोइस अफ् नेपालको मञ्चमा पुग्न सफल

IMG-20250201-WA0256

खरसाङ: तीनधारे महानदी समष्टिको सिपाहीधुरा निवासी सुरज तामाङ भोइस अफ् नेपालको सेटमा पुगेका छन्। उनी केही दिन अघि भोइस अफ् नेपालको सेटमा अडिशन राउण्डमा उत्तीर्ण भएर पनि ब्लाइण्ड अडिशनमा पनि उत्तीर्ण हुन सफल बनेका छन्। उनी भोइस अफ् नेपालको सेटमा पुगेर ब्लाइण्ड अडिशनमा दुईजना निर्णायकहरुलाई घुमाउन सफल बनेका थिए। दुईजना निर्णायकहरुमा सिपाहीधुरा निवासी सुरज तामाङ लोकप्रिय गायक एंव कोच राजु लामाको टिममा गएका छन्। हालमा उनी भोइस अफ् नेपालमा प्रस्तुति दिनलाई काठमाण्डौंमा रहेका छन्। उनी आफ्नो सांगीतिक यात्रालाई अघि बढाउनलाई भोइस अफ् नेपालको मञ्चमा पुगेका छन्।‌ सुरज तामाङ योभन्दा पहिला पनि नेपाली सांगीतिक यात्रामा सक्रिय भएर लागि परेका छन्।

सुरज तामाङ तीनधारे महानदी समष्टि स्तरीय ‘स्वर लहर – प्रतिभाको खोज’ सिजन दुईको उप विजेता पनि बनिसकेका छन्। उनले केही गीतहरुमा पनि आफ्नो स्वर दिईसकेका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement