मुख्यमन्त्री डा. सरमाकाे ५६औं जन्म दिन पालन

Screenshot_20250201_200235_Chrome

गुवाहाटी(असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा आज ५५ वर्ष पुरा गरेर ५६ वर्ष पुगेका छन्। आज उनी आफ्नो ५६औं जन्मदिन मनाइरहेका छन्। आज १ फरवरीको दिन मुख्यमन्त्री डा. सरमा ५६ वर्ष पुगे। मुख्यमन्त्रीको जन्मदिनको अवसरमा आज राज्यका विभिन्न भागहरूमा विस्तृत कार्यक्रमहरू आयोजना गरिँदैछ।बिहानदेखिकै मुख्यमन्त्रीलाई शुभकामना दिनका लागि उनको आवासमा मानिसहरूको ताँत लागिरहेको छ। धुबड़ी जिल्लाको गौरीपुरमा मुख्यमन्त्रीको जन्मदिन विशेष रूपमा मनाइँदैछ। स्वच्छ भारत अभियान अन्तर्गत गौरीपुरमा मानिसहरूले सफाई अभियान संचालन गरे। साथै गरीब मानिसहरूलाई कम्बल वितरण गरियो। बिहान गौरीपुर गणेश मन्दिरमा भाजपा नेता, कार्यकर्ता, गौरीपुर क्षेत्रका विभिन्न भागबाट मुख्यमन्त्रीका प्रशंसकहरूलाई प्रार्थना गर्दै गरेको देखियो। प्रार्थनापछि लड्डुको प्रसाद वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement