मार्शल आर्ट्स एण्ड फिटनेस एकेडेमीको टोली पहिलो सिक्किम ओपन इन्टरनेशनल कराते च्याम्पियनसिपमा भाग लिएर फर्किए

IMG-20250201-WA0252

खरसाङ: मार्शल आर्ट्स एण्ड फिटनेस एकेडेमी खरसाङको टोली पहिलो सिक्किम ओपन इन्टरनेशनल कराते च्याम्पियनसिप २०२५ मा भाग लिएर फर्केका छन्। च्याम्पियनशिप गत २८ देखि ३० जनवरी २०२५ सम्म गान्तोकको पाल्जोर इन्डोर स्टेडियममा आयोजित भएको थियो।सिक्किम स्टेट कराते डो एसोसिएसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भुटान, जापान र भारतका खेलाडी सहभागी भएका थिए। उक्त कराँते च्याम्पियनशीपमा माफाबाट ३६ सहभागीहरू गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रतिनिधित्व गरेका थिए जसमा टोलीले ८ स्वर्ण पदक, ८ रजत पदक र ८ कांस्य पदक जित्न सफल भएको जानकारी माफाकी निर्देशिका कल्पना छेत्रीले दिएकी छन्। उनले बताए अनुसार च्याम्पियनसिप निकै कठिन भएको र सबै देशका टिमले एरिनामा करातेको उत्कृष्ट सीप प्रदर्शन गरेका थिए। उनले सिक्किमको आयोजक समितिको व्यवस्थापनलाई यति ठूलो र अद्भुत च्याम्पियनसिप आयोजना गरेकोमा प्रशंसा पनि गरिन् जसमा विद्यार्थीहरूले वर्षको सुरुमा धेरै अनुभवहरू प्राप्त गरेको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement