खेल बजटमा ३५२ करोड़ रुपियाँको वृद्धि, खेलो इण्डियालाई फाइदा

IMG-20250201-WA0205

नयाँ दिल्ली: केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले शनिवार २०२५-२६-को निम्ति आम बजट पेश गरिन्। यस अवधि खेल बजट पनि आयो। गतपल्टको तुलनामा खेल बजटमा लगभग ३५२ करोड़ रुपियाँको वृद्धि भएको छ। सरकारको प्रमुख परियोजना खेलो इण्डियालाई फेरि एकपल्ट फाइदा भएको छ अनि जमीनी स्तरमा खेलहरूलाई प्रोत्साहित गर्ने यस कार्यक्रमको निम्ति केन्द्रीय बजटमा सबैभन्दा अधिक राशि आवण्टित गरिएको छ। आउँदो साल कमनवेल्थ गेम्स र एशियन गेम्सको आयोजन हुनेछ। यसैकारण खेल मन्त्रालयको बजटमा गत सालको तुलनामा लगभग ३५२ करोड़ रुपियाँको वृद्धि गरिएको छ। यसपाली खेल बजट ३७९४.३० करोड़ रुपियाँको छ, जुन गत वर्ष ३४४२.३२ करोड़ रुपियाँको थियो। खेल मन्त्रालयको निम्ति त्यस अघिको वित्तीय वर्षको निम्ति बजट ३३९६.९६ करोड़ रुपियाँ थियो।
खेल मन्त्रालयको यस बजटमा खेलो इण्डियाको निम्ति १००० करोड़ रुपियाँ आवण्टित गरिएको छ। गत बजट (२०२४-२५)-मा खेलो इण्डियाको निम्ति ९०० करोड़ रुपियाँ आवण्टित गरिएको थियो। यो रकम २०२३-२४ वित्तीय वर्षको अवधि ८८० करोड़ रुपियाँको संशोधित आवण्टनभन्दा २० करोड़ रुपियाँ अधिक थियो। सरकारले गत केही सालहरूमा खेलो इण्डियामा भारी निवेश गरेको छ कारण यस कार्यक्रमले देशको हरेक हिस्साबाट प्रतिभाहरूलाई अघि ल्याउने काम गर्छ। वित्तीय वर्ष २०२२-२३-मा खेलो इण्डियाको वास्तविक आवण्टन ५९६,३९ करोड़ रुपियाँ थियो। अघिल्लो साल (२०२३-२४)-को बजटमा लगभग ४०० करोड़ रुपियाँ बढ़ाएर १००० करोड़ रुपियाँ गरिएको थियो। त्यसलाई पछिबाट संशोधित गरेर ८८० करोड़ रुपियाँ गरिएको थियो। खेलो इण्डिया युवा खेलहरू २०१८ (केआईवाईजी)-को शुरुवातपछि सरकारले यसमा अझ धेर खेल आयोजनहरूलाई जोड़्न जारी राख्यो। मन्त्रालयले त्यही साल खेलो इण्डिया शीतकालीन खेल र २०२३-मा खेलो इण्डिया प्यारा खेलहरूको शुरुवात गर्नको साथै २०२०-मा खेलो इण्डिया विश्वविद्यालय खेलहरूको शुरुवात गऱ्यो। सरकारले देशभरि सयौं खेलो इण्डिया राज्य उत्कृष्टता केन्द्र (केआईएससीई) स्थापित गरेको छ, जसको उद्देश्य प्रतिभाशाली उदीयमान खेलाड़ीहरूलाई सुविधाहरू प्रदान गर्नु हो। खेलो इण्डिया धेरैजना एथलीटले ओलम्पिक दलमा पनि स्थान बनाइसकेका छन्। धिनिधि देसिंघु यसको सबैभन्दा ठूलो उदाहरण हुन्। राष्ट्रिय खेल महासंघहरूका सहायताको निम्ति निर्धारित राशिलाई पनि ३४० करोड़बाट बढ़ाएर ४०० करोड़ रुपियाँ गरिएको छ। भारत वर्तमानमा २०३६ ओलम्पिक खेलहरूको आयोजनको निम्ति महत्त्वकांक्षी बोली लगाउने तयारी गरिरहेको छ। भारतले यसको निम्ति अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई एउटा आशय पत्र प्रस्तुत गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement