ब्राजीलको क्लब सान्तोसमा नेमारलाई भव्य स्वागत

IMG-20250201-WA0178

साओ पाउलो: नेमारले ब्राजीलको क्लब सान्तोससँग ६ महिनाको अनुबन्ध गरेका छन्। एस्टाडियो उरबानो केल्डीरामा टीमको कीट अनावरणको अवधि नेमार आफ्नो वाल्यकालको क्लब सान्तोसमा सामेल भएर भावुक बने। एउटा वायरल भीडियोमा सान्तोसका प्रशंसकहरूबाट प्राप्त भएको भव्य स्वागतलाई देखेर नेमारलाई आँशु पुछिरहेको देखिएको छ। सान्तोसका उपाध्यक्ष फर्नाण्डो बोनाविदेसले भने, अहिले त अनुबन्ध केवल ६ महिनाको निम्ति छ तर नेमारलाई टीममा कायम राख्नको निम्ति हामी हरसम्भव प्रयास गर्नेछौं। उनी आउँँदो साल हुने वर्ल्ड कपसम्म हाम्रो टीमसँग रहने आशा छ। नेमारलाई शुक्रवार क्लबद्वारा एस्टाडियो उरबानो केल्डेइरामा आयोजित समारोहमा प्रशंसकहरू अघि पेश गरियो। यस अवधि धेरैजना स्थानीय कलाकारहरूले सांगीतिक कार्यक्रम पनि पेश गरे। ३२ वर्षीय नेमारले बार्सिलोना र पेरिस सेण्ट जर्मेन जस्ता शीर्ष क्लबहरूको प्रतिनिधित्व गरेपछि २०२३-मा सऊदी अरबको क्लब अल हिलालमा सामेल हुने फसेला गरेका थिए। सऊदी अरबको क्लबबाट उनले केवल ७ वटा म्याच खेले। केही दिन अघि अल हिलालले यस स्टार फूटबलरसँग अनुबन्ध समाप्त गरिएको घोषणा गरेपछि नेमारले ब्राजीलको क्लब सान्तोसमा फर्किने फसेला गरेका थिए। अल हिलालमा उनलाई प्रति वर्ष लगभग १०४ मिलियन डलरको वेतन प्राप्त भइरहेको थियो। नेमार ब्राजीलका सर्वकालिक शीर्ष स्कोरर पनि हुन्। उनी स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो र करीम बेञ्जेमापछि सऊदी अरब जाने तेस्रो दिग्गज खेलाड़ी हुन्। अल हिलालमा सामेल भएको लगत्तै पछि २०२६ वर्ल्ड कप क्वालीफायरको अवधि ब्राजीलबाट खेल्दा नेमारको खुट्टामा गम्भीर चोट लागेको थियो। त्यसपछि उनी लगभग एक साल मैदानबाट बाहिर रहेका थिए। खेलमा फर्किने प्रयास गर्दा उनले ह्यामस्ट्रिंग र घुँड़ा चोटसँग जुझ्नु परेको थियो।
यसबीच नेमारले उनको लक्ष्य २०२६ वर्ल्ड कप अघि आफ्नो करियरलाई फेरि नयाँ दिशा दिने रहेको पुष्टि गरेका छन्। नेमारले सोशल मीडियामा जारी एउटा भीडियोमा भनेका छन्, सान्तोसले मात्र मलाई त्यो माया दिन सक्नेछ, जुन मलाई आउँदो केही सालहरूमा अघि आउने चुनौतीहरूका निम्ति तयार हुनुमा चाहिनेछ। आफ्नो करियरको अन्तिम चरणमा म केही असाधारण हासिल गर्न चाहन्छु। सबैको साथ र समर्थन रहे म अझ केही सालसम्म खेल्न सक्नेछु। सान्तोसले पनि नेमारको भीडियोमाथि प्रतिक्रिया दिनको निम्ति आफ्नो सोशल मीडिया च्यानलहरूको उपयोग गरेको छ। क्लबले भनेको छ, तपाईंको घरले प्रतीक्षा गरिरहेको छ। प्रशंसकहरू तपाईंको प्रतीक्षामा छन्। नेमार लगभग १२ साल अघि सान्तोस छोड़ेर बार्सिलोनामा सामेल भएका छन्। उनले सान्तोसबाट २२५ वटा म्याच खेलेर १३८ गोल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement