सिलगढ़ी: इवेण्टिटी ग्लोबल सोल्यूशन प्राइवेट लिमिटेडको तत्त्वावधानमा गत २६ जनवरीको दिन गणतन्त्र दिवसको आवसरमा सिलगढ़ीको प्रथम पहिलो कर्पोरेट फूटसल टुर्नामेण्टको आयोजन गरियो। सालबारी नजिक डीडी फूटसल एरेनामा भएको यस टुर्नामेण्टको फाइनलमा इवेण्टिटी ग्लोबल सोल्यूशनले ब्यांकर्स युनाइटेडविरुद्ध ४-३-ले जीत हासिल गऱ्यो।

टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो, जसमा आरआरएसएसआर, स्टेट ब्यांक अव् इण्डिया, ब्यांकर्स युनाइटेड, राधा रानी एण्टरप्राइज, वेदा स्कूल अव् ल्यांग्वेज एनईसी, इवेण्टिटी ग्लोबल सोल्यूशन, अमेजन इण्डिया र ईजीएस सामेल छन्। सिल्को स्पोर्ट्स, शेराफ भूटिया र अमरजीत प्रसादको विशेष सहयोगमा भएको यस फूटसल टुर्नामेण्टमा केशव तामाङले हाईएस्ट स्कोरर र श्रेयस प्रधानले बेस्ट गोलकीपरको पुरस्कार जिते।

यसरी विशाल तामाङले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते।










