मिरिक: मिरिक नजिक फुवागढ़ीमा फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित ५ ए साइड फूटबल टुर्नामेण्टमा युनाइटेड ब्रदर्स र रामुदामु बोयज ले क्वार्टर फाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा शुक्रवार खेलिएको पहिलो म्याचमा युनाइटेड ब्रदर्सले कटारिया फूटबल क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा रामुदामु बोयजले जिम्स रेस्ट्रोविरुद्ध ४-२-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनल २३ फरवरीमा खेलिनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










