पाकिस्तानद्वारा आईसीसी च्याम्पियन्स ट्रफीको निम्ति १५ सदस्यीय टीमको घोषणा

IMG-20250201-WA0158

लाहौर: पाकिस्तानका चयनकर्ताहरूले १९ फरवरीदेखि शुरु हुने च्याम्पियन्स ट्रफी क्रिकेट टुर्नामेण्टको निम्ति आफ्नो १५ सदस्यीय टीममा केवल एकजना विशेषज्ञ स्पिनरलाई सामेल गरेर सबैलाई चकित बनाएका छन्। टीममा ९ जना विशेषज्ञ ब्याटर चयन गरिएको छ। मोहम्मद रिजवानको कप्तानीमा रहने टीममा एकमात्र विशेषज्ञ स्पिनरको रूपमा २६ वर्षीय अबरार अहमदलाई स्थान प्राप्त भएको छ, जसले अहिलेसम्म ४ वटा वनडे म्याच खेलेका छन्। यसमा उनले जम्मा १० विकेट हासिल गरेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले बताएअनुसार, आईसीसी-को नियमहरू अनुसार ११ फरवरीसम्म टीममा फेरबदल गर्न सकिनेछ। चयनकर्ताहरूले अलराउण्डर खुशदिल शाह र फहीम अशरफ तथा ओपनिंग ब्याटर फखर जमांलाई टीममा स्थान दिएका छन्। फखरले यसअघि पाकिस्तानको निम्ति भारतमा २०२३-मा भएको वर्ल्ड कपमा खेलेका थिए जबकि खुशदिलले अन्तिमपल्ट २०२२-मा रोटरड्याममा टीमको प्रतिनिधित्व गरेका थिए। फहीमले अन्तिमपल्ट २०२३-को शुरुवातमा ५० ओभरको एशिया कपमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए।
राष्ट्रिय चयनकर्ता असद शफीकले बताएअनुसार, पीसीबी टीमको चयन गर्दा विकेटको मिजास अनुसार खेलाड़ीहरू चयन गर्ने रणनीतिमा कायम रह्यो। उनले भने, हाम्रो ध्यान यस्ता खेलाड़ीहरू चयन गर्नमा रह्यो जसले समान परिस्थितिहरूमा घरेलु प्रतियोगिताहरूमा लगातार असल प्रदर्शन गरेका छन् अनि वैश्विक प्रतियोगिताहरूमा प्रदर्शन गर्नको निम्ति आफ्नो तत्परता देखाएका छन्। कराचीको नेशनल स्टेडियममा १९ फरवरीदेखि शुरु हुने टुर्नामेण्टमा फखरको साथमा बाबर आजम या सऊद शकीलले ईनिंग्सको शुरुवात गर्न सक्छन्। टीममा हारिस रऊफ, मोहम्मद हसनैन, नसीम शाह र शाहीन शाह अफरीदीको रूपमा ४ जना पेस बलर रहेका छन्। च्याम्पियन्स ट्रफी अघि पाकिस्तानले ८-देखि १४ फरवरीसम्म कराची र लाहौरमा दक्षिण अफ्रिका र न्यूजील्याण्डविरुद्ध एउटा त्रिकोणीय सीरीज पनि खेल्नेछ।
च्याम्पियन्स ट्रफीको निम्ति पाकिस्तानको टीम यसप्रकार छः
मोहम्मद रिजवान (कप्तान), सलमान अली आगा, बाबर आजम, फखर जमां, सऊद शकील, कामरान गुलाम, खुशदिल शाह, तैयब ताहिर, उस्मान खान, फहीम अशरफ, शाहीन शाह अफरीदी, हारिस रऊफ, नसीम शाह, मोहम्मद हसनैन र अबरार अहमद

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement