पुणे: भारतले शुक्रवार ईंग्ल्याण्डलाई चौथो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा १५ रनको पराजित गऱ्यो। यस जीतको साथै भारतले ५ वटा म्याचको द्विपक्षीय टी२० सीरीजमा ३-१-को अजेय बढ़त हासिल गऱ्यो। महाराष्ट्र क्रिकेट एसोसिएशन स्टेडियममा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ९ विकेट गुमाएर १८१ रन बनायो। जवाफमा ईंग्ल्याण्ड १९.४ ओभरमा १६६ रन बनाएर अलआउट भयो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतको ईनिंग्सलाई हार्दिक पाण्ड्या र शिवम दुबेले अर्द्धशतकले सम्हाल्यो। यी दुईजनाले ५३-५३ रन बनाए। ईंग्ल्याण्डका पेस बलर शाकिब महमूदले भारतीय ईनिंग्सको दोस्रो ओभरमै ३ विकेट लिए पनि हार्दिक र दुबेबीच छैटौं विकेटको निम्ति भएको ८७ रनको पार्टनरशीपले ईंग्ल्याण्डको मनोबललाई माटोमा मिलायो। हार्दिकले ३४ बल खेलेर ४ वटा छक्का र ४ वटा चौका लगाए। यसरी दुबेले ३४ बल खेलेर ७ वटा चौका र २ वटा छक्का लगाए। यी दुई बाहेक रिंकू सिंहले ३० र अभिषेक शर्माले २९ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा महमूदले ३ र जेमी ओवरटनले २ विकेट लिए। चुनौतीपूर्ण लक्ष्यलाई पछ्याउँदै ईंग्ल्याण्डलाई फिल सल्ट (२३ रन) र बेन डकेट (३९ रन)-को ओपनिंग जोड़ीले तेज शुरुवात दिलाए पनि भारतीय स्पिनरहरूले लगातार अन्तरालमा विकेट हासिल गरी स्थितिलाई नियन्त्रणबाट बाहिर जान दिएनन्। ईंग्ल्याण्डको तर्फबाट ह्यारी ब्रूकले सर्वाधिक ५१ रन बनाए। उनले २६ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। कप्तान जोस बटलर २, लियाम लिविंगस्टोन ९ र जेकब बेथेल ६ रन बनाएर आउट भए। भारतीय बलरहरूमा रवि बिश्नोई र कनकशन सब्स्टीट्यूडको रूपमा (शिवम दुबेको स्थानमा) खेल्ने हर्षित राणाले ३-३ विकेट लिए।