गान्तोक: महिला, वाल, वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम कल्याण विभागको पहलमा आज नामथाङ खण्ड प्रशासनिक केन्द्रमा मासिक धर्म स्वच्छता र सेनेटेरी पेड वितरण कार्यक्रम सम्पन्न भयो। यस अवसरमा नामथाङका महकुमा अधिकारी प्रविन गौतम मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनको साथमा सीडीपीओ लक्ष्मण तामाङ, नोडल अधिकारी सोफिया लेप्चा लगायत सम्वन्धित निकायका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बेटी बचाओ बेटी पढाओ” को १०औं वार्षिकोत्सवको उपलक्ष्यमा, नाम्ची जिल्लाले पहिलो पटक २४ घण्टा बाल हेल्पलाइन नम्बर १०९८ र नामथाङको उप-विभाग अन्तर्गत महिला हेल्पलाइन नम्बर १८१ को प्रचार गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै महकुमा अधिकारी प्रवीण गौतमले बीबीबीपी अभियानको एक भागको रूपमा विगत एक दशकमा लागु गरिएका विभिन्न पहल र कार्यक्रमहरूको लागि विभागको प्रशंसा गरे। उनसे कार्यक्रममा उपस्थित किशोरीहरूलाई सेनेटरी प्याड वितरण गरे।
यसबाहेक उनले महिनावारी स्वास्थ्य कायम राख्न पोषण र शारिरिक गतिविधिको महत्त्वमाथि जोड दिए। उनले महिलाहरूलाई महिनावारीको समयमा हुने रगतको कमीलाई कम गर्न आफ्नो आहारमा फलामयुक्त खानेकुराहरू समावेश गर्न आग्रह गरे। उनले सबै सहभागीहरूलाई आफ्नो परिवार र साथीहरूमाझ जागरूकता जगाउन, स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्न सचेतना कार्यक्रममा संलग्न हुन प्रोत्साहित गरे। उनले घर-घरमा जनचेतना अभियान सञ्चालन गर्ने आँगनवाडी कार्यकर्ताहरूको प्रयासको पनि प्रशंसा गरे। सोही प्रकारले सीडीपीओ लक्ष्मण तामाङले आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले २०१५ मा शुरु गरेको बेटी बचाओ बेटी पढाओ (बीबीबीपी) योजनाको महत्वपूर्ण उद्देश्यबारेमा अवगत गराए, जसको उद्देश्य बालिकाहरूको स्वास्थ्य, पोषण र सुरक्षा सुधार गर्ने कुरामा ध्यान केन्द्रित गर्दै बालिकाहरूको सुरक्षा र शिक्षित गर्नु रहेको बताए। उनले थप जानकारी गराए अनुसार बीबीबीपी लिङ्गमा आधारित भेदभाव विरुद्ध लड्न, घट्दो लिङ्ग अनुपात सुधार गर्न र बालिकाहरूको सुरक्षा र शिक्षा सुनिश्चित गर्न शुरु गरिएको थियो। यसबाहेक उनले बालिकाहरूको लागि सन्तुलित आहार, उचित स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको आवश्यकतामाथि जोड दिए।
सोही प्रकारले सीएचओ जेबी राईले आफ्नो सम्बोधनमा किशोरावस्थामा व्यक्तिगत स्वास्थ्य र स्वच्छता जागरूकताको महत्त्वमा जोड दिए। उनले महिला र बालिकाहरूले आफ्नो स्वास्थ्य र कल्याणको रक्षा गर्न उपयुक्त महिनावारी स्वच्छता अभ्यासहरू लागु गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पारे। बेटी बचाओ बेटी पढाओ” को १०औं वार्षिकोत्सवको उपलक्ष्यमा, नाम्ची जिल्लाले पहिलो पटक २४ घण्टा बाल हेल्पलाइन नम्बर १०९८ र नाम्थाङ उप-विभाग अन्तर्गत महिला हेल्पलाइन नम्बर १८१ को शुरू गरेको छ।