गान्तोक: सोरेङ जिल्लाको कृषि विभागको पहलमा आज प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत दोस्रो चऱणको सचेतना कार्यक्रमको आयोजना गऱ्यो। यस कार्यक्रमले राज्यका कृषकहरूलाई सूक्ष्म सिंचाई प्रणालीबारेमा सचेत गराउनको साथैर उनीहरूको कृषि जमिनलाई विविधीकरण र सुधार गर्ने माध्यमको रूपमा आधुनिक सिंचाई प्रणालीहरू अपनाउन प्रोत्साहित गर्न सकियोस् भन्ने विभागको ध्येय रहेको छ। आधुनिक सिँचाई प्रणालीहरूको उपयोगिता र लाभबारे वर्षभरि खेतीपातीमा यसको प्रयोगबारेमा सचेत गराउने मुख्य लक्ष्यसहित किसानहरू कार्यक्रमको मुख्य आकर्षण थिए। यस अवसरमा सालघारी जुम निर्वाचन क्षेत्र तथा यातायात तथा क्षमता कौशल विकास विभागका सल्लाहकार मदन सिञ्चुरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सिञ्चुरूले सिँचाईयुक्त खेतीको महत्त्वबारेमा प्रकाश पार्दै उपस्थित किसानहरूलाई प्रदान गरिएका सुविधाहरूको अधिकतम उपयोग गर्न प्रोत्साहित प्रोत्साहन दिए। यस अवसरमा उपस्थित अन्य विशिष्ट व्यक्तिहरूमा जिल्ला उपाध्याक्ष, सोरेङ जिल्ला, चन्द्रवीर सशंकर, जिल्ला पञ्चायत सदस्य जुम क्षेत्रीय निर्वाचन क्षेत्र खगेन्द्र राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।