तुलसी `कश्यप´ स्मृति पुरस्कार २०२५ एक आँगन घाम कथा सङ्ग्रहलाई प्रदान गरिने

IMG-20250131-WA0279

गान्तोक: तुलसीराम शर्मा कश्यप´ प्रतिष्ठान सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको तुलसीकश्यप´ स्मृति पुरस्कार २०२५ कथाकार थीरूप्रसाद नेपालको कथा सङ्ग्रह एक आँगन घामलाई प्रदान गर्ने निधो गरेको छ। पुरस्कार निर्णायक समितिको सुझाउ अनुसार प्रतिष्ठानले आजको सभामा यो निर्णय लिएको हो।
तुलसी कश्यप´ स्मृति पुरस्कारमा नगद ५१०००/-, प्रसस्ति पत्र, स्मृति चिन्ह प्रदान गरिने छ। आगामी ११ फरवरीको दिन नेपाली साहित्य परिषद सिक्किम र तुलसीराम शर्माकश्यप´ प्रतिष्ठानको संयुक्त आयोजनामा तुलसी `कश्यप´ जयन्तीका दिन यो पुरस्कार कथाकार थीरूप्रसाद नेपाललाई प्रदान गरिने जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement