पीडब्ल्यूडीहरूलाई लिएर पहिलो जिल्ला स्तरीय समितिको बैठक

IMG-20250131-WA0278

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेले जिल्ला स्तरीय शारिरिकरूपमा असक्षम व्यक्ति व्यक्तिहरूको निम्ति भोडियो कन्फ्रेन्सको माध्यमद्वारा सम्बोधन गरे। बैठकमा ग्रामीणस्तरमा शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई पहुँच र सहयोग सुनिश्चित गरेर सशक्त बनाउने उपायहरूमाथि केन्द्रित गरियो। शारिरिकरूपमा असक्षम व्यक्तिहरूलाई सहयोगी उपकरणहरू सहित अद्वितीय पहिचान कार्डको पहिचान, जाँच, मूल्याङ्कन र वितरणको लागि ग्राम-स्तरीय शिविर आयोजना गर्ने आवश्यकतालाई प्रकाश पारे, जसले कुनै पनिरूपमा असक्षम भएका व्यक्तिहरूलाई पछि नछोड्ने र सबैलाई मुख्यधारामा ल्याइने कुरा सुनिश्चित गरिनुपर्ने विषयमा उल्लेख गरे। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्लापाल आगवानेले समितिले निर्णय लिएको आवश्यक प्रबन्धनबारे सहमति जनाउँदै यसलाई अन्तिमरूप दिए। समितिको निर्णय अनुसार आगामी दिनमा आयोजना गरिने शिविर तयारीलाई लिएर जिल्लापालले सहमति जनाए। यस अवसरमा उप निर्देशक डिकित लेप्चा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement