गान्तोक: साजोङको सिक्किम इन्सपार्यको पहलमा राज्यको पर्यटन एवम नागरिक उड्यन विभाग, इन्सटीट्यूट अफ् होटल मेनेजमेन्टको संयुक्त पहलमा आयोजित १५ दिवसीय डिजीटल बजार व्यवस्थापन र होमस्टे व्यसाय प्रबन्धनलाई लिएर आयोजित १५ दिवसीय प्रशिक्षण कार्यक्रमको आज समापन भयो। समापन कार्यक्रममा पर्यटन विभागका सचिव प्रकाश छेत्री मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए भने उनको साथमा पर्यटन विभागकी अतिरिक्त सचिव प्रेरणा चामलिङ, निर्देशक एनटी भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। १५ दिवसीय प्रशिक्षण कार्यक्रममा सहभागीहरूले उद्योग विज्ञहरूद्वारा निर्देशित विभिन्न सत्रहरू, कार्यशालाहरू र व्यावहारिक प्रशिक्षणमा सहभागिता जनाए, जसले उनीहरूको डिजिटल बजार व्यवस्थापनबारे प्रोत्साहित गरेको र उनीहरूको होमस्टेलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने क्षमतालाई बलियो बनाउन सहयोग प्राप्त गरेको बताएका छन्। सचिव प्रकाश छेत्रीले ग्रामीण अर्थतन्त्रलाई प्रवर्द्धनमा होमस्टेको महत्त्वमाथि जोड दिए। उनले विश्वभरिका पर्यटकहरू सिक्किमको ग्रामीण सौन्दर्यमा आकर्षित हुने गरेकोले होमस्टेहरू सञ्चालकहरूले आर्थिक वृद्धिमा मात्र योगदान नगरेर अन्तर-सांस्कृतिक आदानप्रदानलाई पनि सहज बनाउन सक्ने मन्तव्य प्रकट गरे। उनले दिगो पर्यटन विकासको माध्यमको रूपमा होमस्टे उद्यामीहरू अपनाउन थप स्थानीयहरूलाई प्रोत्साहित गरे।
कार्यक्रममा राज्यको पर्यटन र आतिथ्य क्षेत्रलाई सुदृढ पार्न विशेष गरी महिला र युवाहरूमा निरन्तर सिकाइ र क्षमता विकासको आवश्यकतामाथि प्रकाश पारे।