जंगली हात्तीको आतंक जारी

Chhetriya-Samachar-2

अलिपुरद्वार: जंगली हात्तीहरूको आतंकले स्थानीय मानिसहरु भयभीत छन्। शुक्रवार बिहान जंगली हात्तीले आक्रमण गर्दा तीनवटा घर क्षतिग्रस्त भएको छ। तर श्रमिकको परिवार भने भाग्यले बचे। घटना जिल्लाको कालचिनी ब्लक अन्तर्गत अटियाबारी चिया बगानको श्रमिक गाउँमा भएको हो। श्रमिकहरू अनुसार बिहीवार बक्साको जंगलबाट आएको एउटा जंगली हात्ती अटियाबारी चिया बगान क्षेत्रमा पस्यो जसले स्थानीय राज देव, सरस्वती उराँव र भोला नियोगीको घरमा आक्रमण गऱ्यो जसबाट तीनै श्रमिकहरूको घर क्षतिग्रस्त भयो। यस अवधि श्रमिक परिवारहरूले भागेर आफ्नो ज्यान बचाए। यस घटनापछि सम्पूर्ण क्षेत्रमा भय व्याप्त भएको छ। प्रभावित श्रमिक परिवारहरूले वन विभागसित क्षतिपूर्ति सहित रात्रि पेट्रोलिंगको माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement