तीन दिवसीय खरसाङ माघे मेला उत्सव शुरु

IMG-20250131-WA0250

स्वरोजगार र स्वलम्बनको लागि ग्रामीण क्षेत्रमा यस्तो मेलाको आयोजना गरिनु आवश्यक छ: अञ्जुल चौहान

खरसाङ: खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा आजदेखि तीन दिवसीय खरसाङ माघे मेला उत्सव शुरु भएको छ। खरसाङ खण्ड अन्तर्गत दुधेको डम्फेटारमा शुरु भएको यस तीन दिवसीय खरसाङ माघे मेला उत्सवको अध्यक्षता खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहान उपस्थित रहेका थिए‌। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सभासदहरु रतन थापा, कल्पना प्रधान, नवराज छेत्री, श्याम शेर्पा, १४ वटै ग्राम पञ्चायतहरुका प्रधान,उप प्रधान र अन्यहरु उपस्थित रहेका थिए।

उक्त तीन दिवसीय कार्यक्रमको शुरुमा सभाध्यक्ष, प्रमुख अतिथि र अन्य अतिथिहरुको बाहुलीबाट दुधेस्थित बालासन नदीमा विधिवत् रुपमा पूजा अर्चना गरेर शुरु गरिएको छ। यस तीन दिवसीय खरसाङ माघे मेला उत्सवमा खरसाङ खण्ड अन्तर्गत १४ वटै ग्राम पञ्चायतहरुबाट राखिएको विभिन्न स्टलहरुको प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानको बाहुलीबाट रिबन काटेर उदघाटन गरिएको छ। युवराज सुन्दास, दिव्यत्तम अधिकारी, समीर कार्की र अनुष्का लामा आदिले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण खरसाङ खण्ड पञ्चायत समितिको कर्माध्यक्ष भक्तिमान तामाङले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको कलाकारहरुले गीत प्रस्तुत गरेका थिए भने तीनधारेको मादले टोलीले मादले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा खरसाङ खण्ड अन्तर्गत १४ वटै ग्राम पञ्चायतहरुबाट विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानले आफ्नो सम्बोधनमा खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा तीन दिवसीय खरसाङ माघे मेला उत्सवको सफलताको लागि बधाई दिएका छन्। उनले यो कार्यक्रम सफल हुनु भनेको खरसाङ पञ्चायत समितिको लागि मात्र नभएर सम्पूर्ण जीटीए क्षेत्रको लागि नै सफलता रहेको बताएका छन्‌।

उनले स्वरोजगार र स्वलम्बनको लागि ग्रामीण क्षेत्रमा यस्तो मेलाको आयोजना गरिनु आवश्यक रहेको बताउँदै पहाडमा अनित थापाको अगुवाईमा शान्ति श्रृंखला कायम रहेको र हामी अहिले शान्तिमय परिवेशमा छौं भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement