५ जना फाइनलको लागि चयन
खरसाङ: खरसाङ पञ्चायत समितिको आयोजनामा आयोजित खरसाङ माघे मेला उत्सवको अवसरमा नै भोइस अफ् खरसाङ पनि आयोजना गरिएको छ। खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा ग्रामीण क्षेत्रका युवा प्रतिभाहरुलाई प्रोत्साहन दिनलाई साथै मञ्च प्रदान गर्नलाई आयोजित भोइस अफ् खरसाङमा आज १७ जना प्रतियोगिताहरुले आफ्नो प्रस्तुति दिएका छन्। गत २३ जनवरीमा भोइस अफ् खरसाङको अडिशन सम्पन्न भएको थियो जसमा ४० जना प्रतियोगीहरुबाट १७ चयन भएका थिए। ती १७ जना प्रतियोगिताहरुले शुक्रवार संगीतकार रुपेस रसाईलीको अगुवाईमा रहेको बागिना सांगीतिक टोलीको साथमा खरसाङ माघे मेला उत्सवमा लाइभ प्रस्तुति दिएका थिए।

भोइस अफ् खरसाङ ग्रामीण क्षेत्रका आजको सेमी फाइनलको प्रतियोगितामा निर्णायकको रुपमा संगीतकार रामकुमार छेत्री, गायक कर्म मोक्तान, गायिका सुरक्षा सेञ्चुरी, संगीतकार आनन्द विश्वकर्म र गायक शेरा थामी उपस्थित रहेका थिए। यस प्रतियोगितामा १७ जनाबाट ५ चयन गरेर १ फरवरीको दिन लाइभ प्रस्तुति दिने भएका छन्। शुक्रबार सम्पन्न लाइभ प्रस्तुति दिने १५ जनाबाट ५ जना चयन भएका छन्। ती पाँचजनामा योगेस राई, एडविन भुजेल, सुजता लामगादे, शाहीद राई, अदीप विश्वकर्म आदि चयन भएका छन्। ती पाँचजनाले शनिवार हुने कार्यक्रममा लाइभ प्रस्तुति दिने भएका छन्। उल्लेखनीय छ भोइस अफ् खरसाङमा प्रथम हुनेलाई जीटीए आईडलको लागि खरसाङ महकुमामासोझै प्रवेश पाउने भएका छन्। त्यसरी नै प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपियाँ पनि प्रदान गरिने भएको छ। यस कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान, जैतुन निशा खातुन लगायत अन्यहरु उपस्थित रहेका थिए।

आजको भोइस अफ् खरसाङ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ पञ्चायत समितिको कर्माध्यक्ष बीरेन्द्र तामाङले खरसाङ पञ्चायत समितिको आयोजनामा भोइस अफ् खरसाङ ग्रामीण आयोजना गरिएको र यसको अडिशन गत २३ जनवरीमा सम्पन्न भएको थियो भने अडिशनबाट १७ जना चयन गरेर आज १७ जनाबाट ५ जना चयन गरिएको जानकारी गराएका छन्। उनले यो कार्यक्रम खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटै ग्राम पञ्चायतहरुमा रहेका युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्नु साथै प्रतिभाहरुलाई सहयोग गर्नु नै यो भोइस अफ् खरसाङ ग्रामीण आयोजना गरिएको बताएका छन्।