भूतपूर्व सैनिकहरुद्वारा आयोजित नगदराशि फुटबल टुर्नामेन्टमा आठ माइल गोराबारी बिजयी

IMG-20250131-WA0240

सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको रजत वर्ष अर्थात २५ वर्ष पुगेको अवसरमा गत १९ जनवरीदेखि निम्न सोनादा पचेङको दुबे खेल मैदानमा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्ट शुरु भएको छ। यस फुटबल टुर्नामेन्ट अन्तर्गत शुक्रबार भएको खेलमा राजेस एफसी मुण्डा बाँसघारी र आठ माइल गोराबारीमाइा सम्पन्न भएको थियो। यस खेलमा आठ माइल गोराबारीले राजेस एफसी मुण्डा बाँसघारीलाई ५-३ को अन्तरले जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। यस खेलमा‌ अतिथिको रुपमा समाजसेवी पवन राई, पुरन राई, निमा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। आजको खेलमा म्यान अफ् द म्याच आठ माइल गोराबारीको संजोग भुजेल चयन भएका छन्।‌

यस फुटबल टुर्नामेन्ट‌मा दार्जीलिङ, खरसाङ, सिलगढी क्षेत्रबाट २० वटा टिमहरुले सहभागिता जनाएका छन्। अब अर्को खेल आगामी १ फरवरीमा नालीचउर र यङ बोइस खरसाङमाझ सम्पन्न हुने भएको छ। यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिनेछ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement