हामीले एक जना साहसी नेता गुमायौ: एडवाडर्स

IMG-20220904-WA0104.jpg

दार्जीलिङ: हामीले एकजना साहसी नेता गुमायौ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोविन्द छेत्रीको निधनप्रति शोक जताए। शहरको तामाङ गुम्बा रोडस्थित क्रामाकपा केन्द्रीय कार्यालयमा कमरेट गोविन्द छेत्रीको पार्थिक शव ल्याएका थिए। पहाडको आम जनतादेखि लिएर नेतृत्वहरू समेत उनको अन्तिम दर्शन गर्न आएका थिए। यसैक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस र महासचिव फर्तेम्बा भोटियाँ लगायत अन्य केन्द्रीय नेतृत्वहरू पनि सामेल थिए। कमरेट गोविन्द छेत्रीको पार्थिक शरीरमा खदा चढाउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले श्रद्धाञ्जलि चढाए।यसैक्रम मा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले हामीले एकजना साहसी नेता गुमायौ तिनले भने।

गोविन्द छेत्री श्रमिकहरूको पक्ष खडा हुने एक श्रमिक नेता पनि थिए, जब जब पहाडको चिया श्रमिकहरूमाथि अन्याय र अत्यचार हुने गथ्र्यो तब तब उनी बाघ जस्तो गर्जिने गर्थे। गोविन्द छेत्रीको निधनले चिया श्रमिकहरूले पनि आफुहरूको पक्षमा खडा हुने एकजना साहसी नेता गुमाएका छन् तिनले भने। गोर्खा जातिको जातीय मुद्धा छुटटै राज्य गोर्खाल्याण्ड आन्दोलनको पनि गोविन्द छेत्री एक साहसी योद्धा थिए अध्यक्ष एडवार्डसले भने।

About Author

Advertisement