सिलगढी: गोप्य सूचनाको आधारमा नयाँ जलपाईगढी पुलिस चौकीको पुलिसले छापा मारेर तीन बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूको नाम मोहम्मद हबिब, मोहम्मद शमशेर अलि र अतिरुल मोहम्मद हुन्। उनीहरूबाट एउटा हाइड्रोलिक कटर, एउटा प्लेन कटर, एउटा रेजर, एउटा हातको आरा, बङ्गलादेशी सिम कार्ड भएको मोबाइल फोन र ११० बङ्गलादेशी नगद बरामद गरिएको छ। ती सबैलाई आज जलपाईगढी अदालतमा पेश गरियो। नयाँ जलपाईगढी पुलिस स्रोतका अनुसार पक्राउ परेका मध्ये एक जनाको आसामसँग सम्बन्ध छ।








