छोरीमाथि निर्घात कुटपिट गर्ने बाबु पक्राउ

IMG-20250131-WA0202

झापा; झापामा एक जना बाबुले आफ्नै नाबालिका छोरीमाथि निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ।
बिर्तामोड नगरपालिका-९ का ४५ वर्षीय प्रकाश विष्टले नाबालिका छोरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। उनले १५ वर्षीया छोरीलाई कुटपिट गरेको प्रहरीको भनाइ छ ।छोरीमाथि कुटपिट गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार साथीसँग घुम्न हिँडेको भन्दै विष्टले छोरीलाई कोठामा थुनेर पिलासले हानेर टाउको फुटाइदिएको पाइएको छ। साथै, भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेको जानकारी प्रहरीले दिएको छ।
आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको उनकी श्रीमतीले बताएकी छन्। यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन् ।पक्राउ परेका विष्टलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ।

About Author

Advertisement