मिरिक: मिरिक नजिक फुवागढ़ीमा फुवागढ़ी राइजिंग युथ क्लबको तत्त्वावधानमा आयोजित ५ ए साइड फूटबल टुर्नामेण्टमा एनसीएफसी सिलगढ़ी र बीआईएएम फुवागढ़ीले क्वार्टर फाइनलमा स्थान बनायो। फुवागढ़ी लामेटार ग्राउण्डमा बिहीवार खेलिएको पहिलो म्याचमा एनसीएफसी सिलगढ़ीले बीआईएएम फुवागढ़ीविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा नरबुंग युनाइटेडले रोंगदु ओकाइटीविरुद्ध ५-२-ले जीत हासिल गऱ्यो। टुर्नामेण्टको फाइनल २३ फरवरीमा खेलिनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।