मन्त्री पिन्छो लेप्चा गेजिङ र सोरेङ जिल्लाको तीन दिवसीय भ्रमणमा

IMG-20250130-WA0288

गान्तोक: राज्यका वन एवं पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले योक्समको तीन दिवसीय भ्रमणअन्तर्गत खेचीपेरीको भ्रमण गरे। भ्रमणको क्रममा मन्त्री लेप्चाले कञ्चनजङ्गा राष्र्टीय पार्कको पनि भ्रमण गरे। जो गेजिङ जिल्लाको योक्सम टाशीडिङ अन्तर्गत पर्दछ। मन्त्री लेप्चाको भ्रमणको अवसरमा वन विभागका अधिकारी छितिज सक्सेना,निशा सुब्बा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। मन्त्री लेप्चालाई योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका जनताले स्वागत जनाए। मन्त्रीले राम्रोसँग मर्मत गरिएको कार्यालय परिसरसँग सन्तुष्टि व्यक्त गर्दै, प्रकृति संरक्षण र पर्यावरण-मैत्री अभ्यासहरूको प्रवर्द्धनको महत्त्वमाथि जोड दिए। केएनपी इन्टरप्रेटेशन सेन्टरमा राज्य सरकारको मेरो रुख मेरो सन्तती पहलबारेमा एक संक्षिप्त कार्यक्रम पनि आयोजना गरिएको थियो। मन्त्रीले लाभार्थीहरूसँग अन्तर्क्रिया गर्दै पर्यावरण संरक्षणमा कार्यक्रमको भूमिकाबारे उल्लेख गरे। यसबीच नवजात शिशुका आमाबाबाले विरूवा रोपनलाई संरक्षण गर्नको निम्ति १०८ वटा बिरुवा रोपेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले आफ्नो भ्रमणको उद्देश्य चलिरहेका परियोजनाहरूको समीक्षा गर्नु, जग्गाको वास्तविकता बुझ्नु र थप विकास र संरक्षण प्रयासहरूको लागि आवश्यक कदमहरू निर्धारण गर्नु रहेको बताए। उनले प्राकृतिक स्रोतहरूको संरक्षणमा जनसहभागिताको आवश्यकतामा जोड दिँदै दिगोपन पहलहरूको लागि विभागबाट पूर्ण सहयोगको आश्वासन दिए। मन्त्रीले विश्वव्यापी जलवायु परिवर्तनको बढ्दो खतरामाथि प्रकाश पार्दै नागरिकहरूलाई यसमाथि जिम्मेवारी भएर काम गर्नुपर्ने अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement