गान्तोक: अग्रेंजहरूको हातबाट देशलाई स्वतन्त्रता गराउनको निम्ति आफ्नो प्राणको आहुती दिने बीरहरुको स्मरणमा प्रत्येक वर्ष ३० जनवरीको दिन देशभरि नै शहीद दिवस पालन गरिन्छ। यसै क्रममा आज सिक्किम राज्यको छ वटा जिल्लामा शहीद दिवस पालन गरियो। सोही क्रमममा सोरेङ जिल्लाको जिल्ला प्रशानिक केन्द्रमा सोरेङ जिल्ला पुलिसले पनि शहीद दिवस पालन गऱ्यो। यस अवसरमा दुई मिनटको मौन धारन गर्नको साथै ट्राफिक यातायात पूर्णरूपमा ठप्प गरिएको थियो। यसरी नै नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा पनि शहीद दिवस पालन गरियो। यस अवसरमा बिहानको ११ बजीदेखि ११ बजेर २ मिनटसम्म मौन धारण गर्नको साथै वाहनहरूको यातायात पूर्णरूपमा बन्द गरिएको थियो। नाम्ची जिल्लाका महकुमा अधिकारी निम पिन्छो भोटिया र महकुमा अधिकारी शरण कालीकोटेको नेतृत्वमा आयोजित कार्यक्रममा विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।