नयाँ दिल्ली: दिल्लीको रामलीला मैदानमा कांग्रेसको हल बोल र्यालीलाई सम्बोधन गर्ने क्रममा राहुल गान्धीले केन्द्रको मोदी सरकारमाथि कडा प्रहार गरेका छन्। उनले भने, ‘देशको हालत तपाईहरु देख्नु हुँदैछ, देशमा के भइरहेको छ तपाईहरुबाट लुकाउन सकिँदैन। जसलाई डर हुन्छ उसैको भित्र घृणा उत्पन्न हुन्छ। आज देशमा घृणा बढ्दै गएको छ। देशमा त्रास बढ्दै गइरहेको छ। आज देशमा मुद्रास्फीति र बेरोजगारीको डर छ। घृणाले देशलाई कमजोर बनाउँछ। भाजपा र आरएसएसका नेताहरूले देशलाई टुक्राएर देशमा जानाजानी डरको वातावरण सिर्जना गरिरहेका छन्l’ राहुल गान्धीले मोदी सरकारमा दुईजना उद्योगीले मात्र फाइदा लिइरहेको बताएका छन्। ‘तपाईंको डर र घृणाको लाभ तिनीहरूको हातमा जाँदैछ। विगत ८ वर्षमा कसैले पनि फाइदा लिनसकेको छैन। मिडियाले देशलाई डर देखाएको छ। तेल, विमानस्थल, मोबाइलको सम्पूर्ण क्षेत्र यी दुई उद्योगीलाई दिइएको छ’, राहुल गान्धीले भने। केन्द्र सरकारमाथि हमला गर्दै राहुल गान्धीले भने, ‘मलाई ५५ घण्टा ईडीको अगाडि बस्न लगायो। ५५ घण्टा गर या ५०० घण्टा, मलाई केही फरक पर्दैन। आज प्रत्येक भारतीयले देश बचाउने काम गर्नुपर्छ। यदि आज हामी उठेनौं भने यो देश बाँच्ने छैन। नरेन्द्र मोदीजीको विचारधाराले देशलाई टुक्र्याएर फाइदा केही चुनिएकालाई दिनुपर्छ भन्ने बताउँछ। हाम्रो विचारधाराले भन्छ कि किसान, युवा र देशका हरेक गरिब लाभान्वित हुनुपर्छ। युपीएको समय र आजको समयमा के फरक छ?’









