पेलिङमा आरबीआइको ब्याङ्कर्स कार्यगोष्ठी

IMG-20250130-WA0284

गान्तोक: भारतीय रिजर्भ ब्याङ्क (आरबीआइ), गान्तोकद्वारा ब्याङ्कर्सको क्षमता विकासको लागि राष्ट्रिय मिशनअन्तर्गत पेलिङमा दुईदिने कार्यगोष्ठी आयोजन गरियो। वित्तीय सेवामा ग्राहकहरूको संवेदनशीलता बढाउन कार्यगोष्ठी लक्षित रहेको थियो। गेजिङ, नाम्ची र सोरेङ जिल्लाका विभिन्न ब्याङ्क शाखाबाट 30 भन्दा धेरै ब्याङ्क अधिकारीले कार्यगोष्ठीमा भाग लिए। आफ्नो स्वागत सम्बोधनमा आरबीआइका महाप्रबन्धक गोडा रविशङ्करले भारतको जीडीपी वृद्धि, निर्यातका साथमा रोजगार अवसर प्रदान गर्न एमएसएमईहरूको महत्त्वबारे वर्णन गरे। ब्याङ्करहरूले एमएसएमईको वित्तपोषणमा ऋण अन्तर पूरा गर्न आवश्यक रहेको कुरामा उनले बल दिए। आफ्नो सम्बोधनमा आरबीआइ, गान्तोकका क्षेत्रीय निर्देशक थोटङ्गम जामाङवले ग्राहकहरूलाई सेवा प्रदान गर्ने दिशमा ब्याङ्करहरूले सहानुभूति देखाउन सल्लाह दिए। सिक्किम राज्यमा एमएसएमईलाई वित्तपोषणबारे उद्यमिता सम्बन्धी विशेष आवश्यकता बुझ्नु महत्त्वपूर्ण रहेको कुरामाथि उनले जोड दिए। आरबीआइका प्रबन्धक सुबास लुयागनले धरौटीमुक्त ऋण, समूह वित्तपोषण, ऋण प्रस्तावको मार्गन, दस्तावेजीकरण, मोचन निषेध तथा सह-ऋणादानबारे दिशानिर्देश लगायत हालैको आरबीआइ दिशानिर्देशबारे अवगत गराए। यसै क्रममा आरबीआइका प्रबन्धक राहुल वर्माले एमएसएमईको वित्तपोषणा प्राविधिक हस्तक्षेप, डिजिटल ऋणादानमाथि दिशानिर्देश, टीआरईडी मञ्च, फिनटेकको भूमिका, पेशगीको निगरानी तथा एमएसएमई खातामा तनाउको प्रबन्धनबारे जानकारी दिए। राज्य स्तरीय ब्याङ्कर्स कमिटी, ट्रान्सयुनियन सिबिल र सिबिलका प्रतिनिधिहरूद्वारा ऋण असुली अधिकरण, सरफेसी ऐन र एमएसएमई ऋण असुलीका लागि लोक अदालतका बारेमा जानकारी दिए। यसका साथै एमएसएमईलाई वित्तपोषणको निम्ति ऋण अङ्क निर्धारण तथा स्तराङ्कन स्वरूप, एमएसएमई ऋणादानमा ऋण सूचना कम्पनीको महत्त्व तथा सीजीटीएमएसई दिशानिर्देशबारे पनि चर्चा गरे। कार्यक्रममा ब्याङ्करहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो जसले कार्यगोष्ठीको सराहना गरे। जारी ज्ञानवर्धनलाई सहयोग गर्न ब्याङ्करहरूले यस प्रकारको कार्यगोष्ठी निरन्तर रूपमा आयोजन गर्न उनीहरूले अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement