१० मीटर एयर राइफलमा शूटर नर्मदाको रेकर्ड प्रदर्शन

IMG-20250130-WA0279

देहरादून: युवा शूटर नर्मदा नितिन राजूले यहाँ ३८औं राष्ट्रिय खेलहरूमा महिलाहरूकी १० मीटर एयर राइफल स्पर्धामा स्वर्ण पदक जितिन्। यस अवधि उनले एशियन गेम्सकी पदक विजेता रमिता जिन्दल र ओलम्पियन इलावेनिल वालारिवनसहित धेरैजना दिग्गज शूटरहरूलाई पछि छोड़्दै राष्ट्रिय रेकर्ड बनाइन् अनि वर्ल्ड रेकर्डको बराबरी गर्नदेखि मामूली अन्तरले गर्दा चुकिन्। तमिलनाडुकी प्रतिनिधित्व गरिरहेकी नर्मदाले आठजना शूटरको फाइनलमा २५४.४-को स्कोरसहित शीर्ष स्थान हासिल गरिन्। स्पधीमा महाराष्ट्रकी आर्या बोरसे (२५२.५) र रमिता (२३०.४) क्रमशः दोस्रो र तेस्रो स्थानमा रहिन्। यसरी नर्मदाले ओलम्पियन अपूर्वी चन्देलाले नयाँ दिल्लीमा २०१९ वर्ल्ड कपको अवधि बनाएकी २५२.९ पोइण्ट्सको राष्ट्रिय रेकर्डलाई तोड़िन्। यस स्पर्धाको वर्ल्ड रेकर्ड २५४.५ पोइण्ट्सको छ, जुन गत वर्ष नयाँ दिल्लीमा आईएसएसएफ वर्ल्ड कप फाइनलमा चीनकी हुआंग युटिंगले बनाएकी थिइन्। नर्मदाले २०२३ काहिरा वर्ल्ड कपमा रुद्राक्ष पाटिलसँग मिलेर १० मीटर एयर राइफल मिश्रित टीम स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् अनि यसै साल भोपालमा विश्व कपमा काँस्य पदक जितेकी थिइन्। त्यसपछि यो २३ वर्षीय शूटरको यस स्पर्धामा तेस्रो सबैभन्दा ठूलो उपलब्धि हो। नर्मदा बुधवार कालीफायरमा तेस्रो स्थानमा रहेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement